काठमाडौँ। जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि उत्पन्न विध्वंसका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगका पदाधिकारीविरूद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो रिट तीन न्यायाधीशको इजलासमा पेस गर्ने आदेश गरेको हो। आयोगका पदाधिकारीलाई काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित ११ कात्तिकमा सर्वोच्चमा रिट दर्ता भएको थियो।
जेन-जी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।