नवलपुर। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
करिब १४ किलोमिटर लामो दाउन्ने सडकका विभिन्न स्थानहरू चिप्ला र उकालो भएका कारण सवारीसाधन फस्ने र यातायात अवरुद्ध हुने समस्या देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई सकेसम्म यी मार्ग प्रयोग नगर्न र वैकल्पिक मार्गहरू रोज्न अनुरोध गरेको छ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० जिल्ला प्रहरी कार्यालयका अनुसार, विगत पाँच दिनदेखि दाउन्नेमा ट्राफिक आवागमनमा कठिनाइ रहेको छ।
प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दुम्किबास इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पनि सल्लाह दिएको छ।
सडकको अवस्था कमजोर भएकाले यस क्षेत्रमा सवारी साधनको अत्यधिक भीडभाड भएको छ।