फोटोफिचर
कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको झोलुंगे पुलले स्थानीयलाई आवतजावत सजिलो त पारेकै छ, पर्यटकलाई पनि लोभ्याइरहेको छ।
यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुंगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ।
यस पुलको लम्बाइ एक हजार ४५२.९६ मिटर, चौडाइ १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ।
२०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो।







