काठमाडौं। निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।
आयोगले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको हो।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। यस्तै ३ देखि १८ फागुनसम्म प्रचार समय, १९ फागुनबाट मौन अवधि लागु हुनेछ।
२१ फागुन बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ। समानुपातिक निर्वाचनका लागि भने १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा दलहरूले बन्दसूची पेस गर्ने कार्यतालिका छ।
