काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै छन्।
नेकपा एससहित साना ८ दलसँग एकता गर्ने निर्णयप्रति असहमति राखेका शर्माले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।
शर्माले ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। माओवादीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै शर्माले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
माओवादी केन्द्रले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता सहमति अनुमोदन गर्ने तयारी गरेपछि शर्माले पत्रकार सम्मेलन राखेका हुन्।
उनी एकतामा नजाने बताइरहेका छन्। यसैबारे आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।