१८ कार्तिक २०८२
तस्वीर: नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले २७ देखि ३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ।

पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सह-महामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

यसअघि बैठकमा महामन्त्री गगन थापाले १६ देखि १९ पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

कांग्रेसमा संस्थापन र अर्को समूहले पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने तर, फरक-फरक मिति प्रस्ताव गरेका हुन्।