१८ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारीसाधनमा तोडफोड र आगजनी गर्ने, प्रहरी पोसाकलगायत समग्री लुटेर दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय शिवम् चौधरीलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता (प्रहरी उपरीक्षक) पवनकुमार भट्टराईले प्रहरी वृत्त तोडफोड, आगजनी गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा आक्रमण गर्न भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको आरोपमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।