काठमाडौँ। च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले लगातार चौंथो जित निकालेको छ।
बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो। बायर्नको जितमा दुवै गोल लुइस डियाजले गरे। उनले पहिलो हाफको चौथो मिनेटमै गोल गरेका थिए । ३२औं मिनेटमा अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्जुरी समयमा डियाजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो। अचरफ हाकिमीलाई खराब ट्याकल गरेपछि डियाले सिधै रातो कार्डको सामना गरेका थिए।
नेभेसले ७४औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन।