१९ कार्तिक २०८२
बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकका सहभागी ।
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।

महाधिवेशनको मिति टुंग्याउने विषयमा सहमति नजुटेकै समय हिजोबाट सुचारु भएको बैठक आज बिहान साढे ११ बजे सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मंगलवार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।