काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिँगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू पनि नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरक मत भए पनि आफू सिंगो मुलुकलाई एकताबद्ध गर्न वामपन्थीहरू एकताबद्ध हुनुपर्ने अडानमा रहेकाले आफू पार्टी एकीकरणमा ढिलो गरेर भए पनि सहभागी भएको स्पष्टीकरण दिए।

नयाँ पार्टी खोल्ने घोषणा गरेका खनाल बुधबार भने दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी बने।
मुलुकलाई संकटबाट पार लगाउन सिंगो वामपन्थी दलहरुबीच एकताको विकल्प नरहेको उनको तर्क थियो।
यो पनि…
