काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् ।
आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर अहिले बिघटनको अवस्थामा पुगेको उल्लेख गरेकी छन्। उनले भनिन्– ’यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो। यसअघि हामीले त्यसलाई टुंगाउन विविध कारणले सकेनौं।
तर अहिले आएर हाम्रो अभियान विघटन भएको छ। आज जेनजी आन्दोलनको पृष्ठभूमिमा जे जे कुराहरु भए, यो अवस्था ल्याउन हाम्रो पनि केहि भूमिका थियो की, त्यसका लागि माफी चाहन्छौं। हामीले पनि गरेका गल्तिलाई सुधार्न आवश्यक छ।’
रामकुमारी झाँक्रीभन्दा अगाडि बोलेका एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरु नि:शर्त एमालेमा फर्किन लागेको जानकारी गराएका थिए।