काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ कार्तिक २०८२
डेभिड बेकमलाई नाइटहुडबाट सम्मान गर्दै राजा चार्ल्स। तस्बिर : एपी
अ+
अ-

काठमाडौँ। विश्वप्रसिद्ध फुटबलर डेभिड बेकम बेलायती नागरिकले पाउने सर्वोच्च सम्मान ‘नाइटहुड’ बाट सम्मानित भएका छन्। मंगलबार राजा चार्ल्स तेस्रोले बेकमलाई शाही निवास विन्डसोर क्यासलमा आयोजित विशेष समारोहमा नाइटहुडबाट सम्मान गरेका हुन्।

योसँगै अब डेभिड बेकमको नामको अगाडि ‘सर’ थपिने भएको छ। औपचारिक सम्बोधनमा उनलाई सर डेभिड बेकम भनिनेछ।

बेलायती पूर्वफुटबलर बेकमले नाइटहुडबाट सम्मान हुँदा ‘सर्वाधिक गर्वको क्षण’ भनेका छन्। “मैले जेजति जितेँ, जेजति गरेँ त्यसका लागि आफूलाई भाग्यमानी ठान्छु। तर यस्तो सम्मान पाउनु कल्पनाभन्दा बाहिरको कुरा हो”, उनले भनेका छन्।

श्रीमती भिक्टोरियासँग डेभिड

उक्त समारोहमा जापानी-ब्रिटिस सर्जक तथा पटकथा लेखक काजुओ इसिगुरो र बेलायती गायिका तथा अभिनेत्री इलेन पेग पनि नाइटहुडबाट सम्मानित भए।

बेलायतबाट ११५ अन्तर्राष्ट्रिय खेल खेलेका ५० वर्षीय बेकम अहिले अमेरिकी मेजर लिग सकरको टोली इन्टर मियामीका मालिक हुन्। यही क्लबबाट विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सी पनि खेल्छन्।

सन् २०१३ मा व्यावसायिक फुटबलबाट सन्न्यास लिएका बेकमले ५९ खेलमा इङ्ल्यान्डको कप्तानी गरेका थिए।