काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १२.१७ अंकले बढेको छ। योसँगै नेप्से २‚६०७.४२ को विन्दुमा रोकिएको छ।
आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच भए। ४२ हजार ८७९ पटक सेयर खरिदबिक्री हुँदा चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१५ रुपैयाँबराबरको कारोबार भएको छ। आजको कारोबारमा होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहबाहेक सबै समूहका सूचक बढे। जसमा फाइनान्स समूह सबैभन्दा धेरै ३.४१ प्रतिशतले बढ्यो । बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बिमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बिमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे।
कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३८ करोड ६१ लाख ५२ हजार ४८४ रुपैयाँबराबरको सात लाख १० हजार २५९ कित्ता सेयर किनबेच भए।