काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

फोटोफिचर

२० कार्तिक २०८२
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी।
अ+
अ-

नेवार समुदायले आज कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ मनाएका छन्। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ।

नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछन्। यसले शरीरमा ताकत दिई स्वस्थ बनाउने जनविश्वास छ।

आज साँझ मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाइन्छ। जसलाई स्थानीय भाषामा हलिमली भनिन्छ‌ र अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।

सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत हो।