२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से ११.२९ अंकले घटेको छ। योसँगै नेप्से २‚५९६.१२ को विन्दुमा रोकिएको छ।

आज ३२० कम्पनीका एक करोड आठ लाख ६८ हजार १४६ कित्ता सेयर किनबेच भए। ५० हजार ४३७ पटक सेयर खरिदबिक्री हुँदा पाँच अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँबराबरको कारोबार भएको छ। आजको कारोबारमा उत्पादन तथा प्रशोधन ०.१२ प्रतिशत र म्युचुअल फन्ड ०.१९ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्मे रहे।

आज दरमखोला हाइड्रो लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसैगरी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो।

कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ३० करोड ९१ लाख ३५ हजार ४३ रुपैयाँबराबरको सेयर किनबेच भए।