२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। अमेरिकामा शनिबारदेखि सयौं उडान रद्द हुने भएको छ।

अमेरिकामा जारी ऐतिहासिक सरकारी शटडाउनका कारण शनिबारदेखि सयौं उडानहरू रद्द हुने भएका छन्। देशभर हवाई सेवा प्रभावित बन्दै गएकोमा फेडरल एभिएशन अथोरिटीले एयरलाइन्सहरूलाई उडान कटौती गर्न निर्देशन दिएको छ।

त्यसअनुसार प्रमुख विमान कम्पनीहरूले भोलिदेखि नै केही उडानहरू स्थगित गर्ने घोषणा गरेका छन्। पछिल्ला केही हप्तादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कमीका कारण अनेकौं विमानस्थलहरूमा ढिलाइ भइरहेको छ। यी कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब नपाइरहेको र त्यसले जनशक्ति संकट बढाएको बताइन्छ।

अमेरिकी यातायात मन्त्री सीन डफीका अनुसार, यदि शटडाउन छिट्टै अन्त्य नभए आगामी दिनहरूमा ४० प्रमुख विमानस्थलहरूमा हवाई सेवा १०५  घट्न सक्नेछ र हजारौं उडानहरू रद्द हुने जोखिम छ।

अनुमान अनुसार दैनिक ३,५०० देखि ४,००० उडान रद्द हुन सक्छन्। तर, अमेरिकी सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय उडानहरूमा भने तत्काल प्रभाव पर्ने देखिएको छैन।