काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच छलफल भएको छ।

शुक्रबार बिहान जनार्दन र घनश्याम विप्लवसँग नयाँ राजनीतिक बाटोका लागि छलफल गर्न जुटेका हुन्। माओवादी केन्द्र एकीकृत समाजवादीसहितका १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टीमा नगएका दुवै जना हाल पार्टी विहिन अवस्थामा छन्।

यद्यपी जनार्दन शर्माले प्रगतिशील अभियानको घोषणा गरेका छन् भने घनश्यामले पार्टी पुनर्गठन गर्ने भन्दै मङ्सिरको पहिलो साता भेला गर्ने बताएका छन्।