काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार सिंहदरबारमा बैठक बसेको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको सचिवालयले जानकारी दिएको छ।

बैठकमा संघ र प्रदेश संसद्का पदाधिकारीले वर्तमान अन्तरिम सरकारले आफूहरूलाई अवहेलना गरेको विषय उठान गरे ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको खर्च कटौती गर्ने भन्दै उक्त निर्णय गरेकोमा बैठकमा असन्तुष्टी पोखिएको छ ।

बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले बैठकको निर्णय राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सुनाउने तयारी रहेको जानकारी दिए ।

उनले , सरकारको गरेको निर्णयले संसद्को अवहेलना भएको निष्कर्ष निकालेको बताए । बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव तथा पाँच वटा प्रदेशका सभामुख तथा उपसभामुख र प्रदेश सभाका अन्य पदाधिकारी सहभागीता रहेको राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रेस संयोजक डिल्ली मल्ले जानकारी दिए ।