काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको घाइतेलाई तत्काल राहत दिएको झैँ आन्दोलनले मर्माहत भएको निजी क्षेत्रले पनि राहत पाउने बताएकी छन्।

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिइन्। “यो आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ‚” कार्कीले भनिन्‚ “उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेन जी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु।”

उनले जेन-जी आन्दोलनका युवाहरुले घुसखोरी, पार्टीगत लेबी र कमिसनको सञ्जाल नचल्ने, लोकतन्त्रको नाममा लुटतन्त्र नचल्ने, इमानदार र उद्यमी प्रताडित गर्ने तथा नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्थामा नहुने सन्देश दिएको पनि बताइन्।

हेर्नुहोस् प्रधानमन्त्री कार्कीको सम्बोधन :