२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसिजको २०२६ का लागि उपाध्यक्षमा निर्वाचित भएकी छन्।

१५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिजको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। नेपाल जेसिजले पछिल्लोपटक सन् २०११ मा अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।

विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेसनल, जसको मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ। सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब पाँच लाख सदस्यसहित सक्रिय छन्।

नेपाल जेसिज नेपालमा सन् १९६५ मा स्थापित १८ देखि ४० वर्षसम्मका युवाको संस्थाको हो। जसले देशभरका १७८ भन्दा बढी स्थानीय शाखाहरुमार्फत सदस्यहरूलाई नेतृत्व र अवसर प्रदान गर्दै आएको छ।