काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि सुचारु भएको छ। एयरफिल्ड लाइटिङ सिस्टमा समस्या आएका कारण साँझ साढे ५ बजेदेखि विमानस्थलबाट उडान तथा अवतरण अबरुद्ध भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल न्युजसँग कुरा गर्दै रनवेको एयरफिल्ड लाइटिङ प्रणालीमा आएको समस्या समाधान भएपछि उडान तथा अवतरण सुचारु भएको बताए।
रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि साँझ साढे ५ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका सबै उडान प्रभावित भएको थियो। अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको थियो भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका थियो।