२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन्। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले बनाउनुपर्नेमा उनको जोड छ।

“हामी चाहन्छौँ, हामी बनाउँछौँ- सबैको सम्मान र आत्मगौरवयुक्त एमाले, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले,” सामाजिक सञ्जालमा उनले लेखेका छन्।

उनले विविधताबीचको एकतामा विश्वास गर्ने एमाले बनाउन चाहेको पनि उल्लेख गरेका छन्। पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन उनले अपिलसमेत गरेका छन्।

उनले लेखेका छन्‚ “विविधताबीचको एकतामा विश्वास गर्ने एमाले। पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गर्नुभएका यिनै मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध होऔँ।”