काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र सन्डरल्यान्डबीचको रोमाञ्चक खेल बराबरीमा टुङ्गिएको छ।
गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन्।
खेलको ३६औं मिनेटमा ड्यानियल बलार्डले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाए। पहिलो हाफमा आर्सनल दबाबमा रहे पनि दोस्रो हाफमा उसले उत्कृष्ट पुनरागमन गर्यो।
५४औं मिनेटमा स्टार विङ्गर बुकायो साकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ७४औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए। तर अन्तिम समयमा, सन्डरल्यान्डका डिफेन्डर म्याथिज डी लिग्टले हेडरमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा टुङ्ग्याए।
यस बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।