काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटो फिचर

२३ कार्तिक २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

प्रतिनिधिसभा निर्वाचनका लागि आगामी २१ फागुनमा हुने मतदाता नामावलीमा नाम दर्ता गर्न ७ दिन बाँकी हुँदा काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारण उत्साहजनक सहभागिता देखिएको छ।

सर्भरमा केही समय समस्या आउँदा भिड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागी बताउँछन्।

सेवाग्राही अंकिता बरालका अनुसार पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा खुसी लागेको बताइन्। आफू जेन-जी पनि भयका कारण अब आउने नेतृत्व युवा हुनुपर्ने र मतदानका लागि आफू पनि तयार भएको उनको भनाइ छ। कार्यालयको सर्भरमा समस्या देखिए पनि धेरै समय लाइनमा बस्नु नपरेको उनको अनुभव छ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने काम ७७ वटै जिल्लाबाट भइरहेका कारण पनि सर्भरमा चाप बढेर केही समस्या देखिएको कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीले जानकारी दिइन्।

हेर्नुहोस् थप तस्बिर :