काठमाडौं। काभा महिला यू-१९ भलिबल च्याम्पियनसिको फाइनलमा नेपाल पराजित भएको छ।
कोलम्बोमा आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा किर्गिस्तानसँग नेपाल ३-२ को सेटमा पराजित हुँदै उपविजेतामा सीमित भएको हो। लिग चरणमा पनि किर्गिस्तानले नेपाललाई पराजित गरेको थियो।
पहिलो सेट नेपालले २५-२२ ले जितेको थियो। दोस्रो सेट २५-२० ले जित्दै किर्गिस्तानले खेलमा पुनरागमन गर्यो। योसँगै खेल १-१ को स्थितिमा आएको थियो।
एक समय नेपाल १९-१९ को स्थितिमा थियो। तर, किर्गिस्तानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा पनि किर्गिस्तानले २५-२१ को रोमाञ्चक जित निकाल्दै खेलमा २–१ को अग्रता लियो।
चौथो सेटमा सानदार पुनरागमन गर्दै नेपालले खेल २५-१३ ले खेल आफ्नो पक्षम पार्यो। योसँगै खेल पाँचौँ सेटमा पुगेको हो। तर, निर्णायक सेटमा भने किर्गिस्तानले पुनरागमन गर्दै खेल १५-११ ले जित्दै उपाधिमा कब्जा जमायो।