काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

२३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङ लगायतले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आइतबार आवश्यक कागजात बुझाएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरुले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्रलगायत कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । सबै कागजात पूरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई जारी राख्ने बताए । जनार्दन शर्मा,घनश्याम भुसाललगायत कम्युनिस्ट नेताहरु एउटै बाटोमा रहे पनि आफूहरु मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमै अल्मलिएको उनले बताए । उनले सबै नेतालाई एकतामा सहभागी हुन आह्वानसमेत गरे ।

उनले छुटेका नेताहरु पनि एक दिन कम्युनिस्ट एकतामा आउने विश्वास व्यक्त गरे । माओवादी, नेकपा एकीकृत समाजवादीलगायत १० वामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो । दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरेबमोजिमको कागजात पार्टीले उपलब्ध गराएको हो ।