काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

२३ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। केन्द्रीय कारागार सुन्धाराबाट भागेका कर्तव्य ज्यानमुद्दाका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ८ का ३७ वर्षीय दीपककुमार महरा छन्।

उनलाई शनिबार अपराह्न वीरगन्जबाटै पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। २४ भदौको जेन-जी आन्दोलनका क्रममा महरा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए।

आफ्नै गाउँघरमा लुकिछिपी बसेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको पाठकले बताए। महरालाई जिल्ला अदालत पर्साले कर्तव्य ज्यानमुद्दामा २५ वर्ष सजाय तोकेको थियो। महरालाई कारागार कार्यालय वीरगन्ज चलान गरिएको छ।