जनकपुर। जनकपुरमा लोसपाका युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरुले संविधानको धारा १६८को २ अनुसार प्रदेश सरकारको आह्वानको माग गरेका छन्।
उनीहरूले सोही धाराअनुसार सरकार आह्वान हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले दलहरूसँग परामर्शमा रहेका कारणले सरकार आह्वानमा ढिलाइ भएको छ।
उनीहरूले मधेस भवनअगाडि प्रदर्शन गरे। यता नेकपा एमालेबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा सबैले प्रदेश प्रमुखसँग भेटेर धारा २ अनुसारै सरकार बनाउनका लागि आह्वान गर्न माग गरेका छन्।
