फोटो फिचर

लोक वाद्यवादन र आधुनिक वाद्यवादनको फ्युजन, संगीत सुन्ने र महसुस गर्ने एउटै थलो : ‘द कम्पोजर्स डेस्क’

२३ कार्तिक २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। संगीत सिर्जना भनेको केवल नोटहरू लेख्ने प्रक्रिया मात्र होइन। ती नोटहरू श्वास, स्वर, ताल र मानव भावनाले जिएपछि मात्र संगीत जीवित हुन्छ। यही सिर्जनात्मक सहकारितालाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित राष्ट्रिय सभागृहमा शनिबार द कम्पोजर्स डेस्क- फर्स्ट एडिसन २०२५ भयो।

यस संस्करणमा प्रस्तुत कार्यक्रम विश्वसंगीतको स्वरूपमा नेपाली लोकधुनको आत्मालाई सिनेमाटिक स्कोरको गरिमा र आयामसँग संयोजन गरिएको थियो। कार्यक्रमका संगीत संयोजन, स्वरूप र विशेष वाद्यसंयोजन नाम्लो म्युजिक हब का संस्थापक तथा संगीतकार गंगा थापाको कलात्मक दृष्टिकोणबाट प्रेरित थिए।

संगीतकार तथा निर्माता गंगा थापासँगै २५ संगीतज्ञ एउटै मञ्चमा लगभग तीन घण्टा लगातार लोक वाद्यवादन र आधुनिक वाद्यवादनको फ्युजनमा गुन्जियो। कार्यक्रम ‘जारी’ चलचित्रको संगीतबाट सुरु हुँदै ‘तीनपाते’, कर्णाली क्षेत्रका स्थानीय धुन बौजु, थारू समुदायको ‘सखी रि’ र समग्रमा १६ सिर्जनाले सभागृहलाई संगीत माहोलमा डुबायो।

मञ्चमा झन्डै २५ संगीतज्ञ मुरलीदेखि सारंगी, मादलदेखि बाँसुरी, ड्रमसेटदेखि स्ट्रिङ सेक्सनसम्म सबैले एकै स्वरमा संगीतकारको दृष्टि र भावलाई जीवन्त बनाए। गंगा थापासँगै एइलिन थापा : सेलो, स्वर, फोबी श्रेष्ठ : भायोलिन, ईभा महर्जन : सेलो, रोश्ना शाक्य: भायोलिन, रवि श्रेष्ठ : डबल बेस, स्वर्णिम महर्जन : बाँसुरी, रुपेश शाक्य : बाँसुरी, फ्लुट, परास सुवेदी : मादल, सिजन महर्जन : पर्कसन (तालवाद्य), जोसेफ श्रेष्ठ : गितार, अश्विन : सारंगी, धनबहादुर गुरुङ : सहनई, स्टिभ अरास्तिया : क्ल्यारिनेट र गायक/स्वर कलाकारहरू, शिङ्ग्रोन पुन, पवन गिरी, अंशु कार्की, रेश्मा पुन, समीक्षा चौधरी, सन्तोष राना, पार्वती थापा, श्रुति प्रधानसँगै बालबालिकाहरुले पनि प्रस्तुति दिएका थिय।

द कम्पोजर्स डेस्कले केवल प्रदर्शन गरेन संगीतकार र संगीतज्ञबीचको संवादलाई दर्शकसामु सार्थक तरिकाले खुलासमेत गर्यो।

हेर्नुहोस् थप तस्बिर :