२३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महागनरपालिका १, भाटभटेनीमा रहेको भाटभटेनी सुपर मार्केटको भवन भत्काउने क्रममा पर्खाल खस्दा तीनजना घाइते भएका छन्।

भाटभटेनीको पर्खाल खस्दा काम गरिरहेका १७ मध्ये तीनजना आइतबार दिउँसो घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेमा २५ वर्षीय दीपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय जय पाख्रिन छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।