काठमाडौँ। एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ। जसअन्तर्गत भोलि (नोभेम्बर ११, मंगलबार) एनसेल एपमार्फत २०० रुपैयाँ वा त्यसभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन्।
११:११ उत्सवको अवसरमा भोलि (मंगलबार) एक दिनका लागि सञलन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ।
‘वन स्टप सेल्फ-केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन्।
११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक ट्रेन्ड हो। ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ को आकर्षण बढ्दो छ।