काठमाडौँ। भारतको राजधानीमा आइतबार साँझ शक्तिशाली कार बम विस्फोट भएको छ। विस्फोटमा नौजनाको मृत्यु भएको छ।
पुरानो दिल्लीस्थित लालकिल्लाको गेट नम्बर १ नजिकै मेट्रो स्टेसनमा विस्फोट भएको थियो। विस्फोटमा २४ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विस्फोटक पदार्थले भरिएको मारुती भ्यानको प्रयोग गरिएको प्रहरीले जनाएको छ। विस्फोटपछि नजिकैका गाडीहरुमा पनि आगो लागेको थियो।
विस्फोट घटनाको दिल्ली प्रहरीको विशेष सेल, नेसनल इन्भेस्टिगेसन एजेन्सी र नेसनल सेक्युरिटी गार्डले अनुसन्धान सुरु गरेको छ। हरियानाको फरिदबादमा प्रहरीले २९ सय किलो विस्फोटक पदार्थ बरामद गरेको केही घण्टापछि यो विस्फोट भएको हो।