काठमाडौँ। केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-६ का २९ वर्षीय विनोद सुनार रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुनारलाई आइतबार तारकेश्वर नगरपालिका(५ अर्यालटारबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनी जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका थिए।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय कायम भएपछि उनी १३ असार २०७७ देखि केन्द्रीय कार्यालय चलान भएका थिए। उनले पाँच वर्ष कैद भुक्तान गरिसकेका छन्।
पक्राउपछि सुनारलाई कारागार कार्यालय सुन्धारा बुझाइएको श्रेष्ठले बताए।