काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन दुई हजार नौ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।