काठमाडौं। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.८० अंकले घटेर २५६०.२९ को विन्दुमा रोकिएको छ। आज नेप्से ०.२२ प्रतिशतले घटेको हो।
आज ३२७ कम्पनीको ४० हजार ५९१ पटकको कारोबारमा ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ५१ करोड ४४ लाख आठ हजार २३६ रुपैयाँबराबरको कारोबार भयो।
आजको कारोबारमा होटेल तथा पर्यटन, लगानी र व्यापार समूहको सूचक बढ्दा बाँकी सबै राताम्मे बने।
आज दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। यसैगरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। अर्थात् उन्नति सहकार्यका लगानीकर्ताले १० प्रतिशतले सेयरमूल्य गुमाए।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आज सबैभन्दा धेरै ४८ करोड ८८ लाख ८८ हजार ३३४ रुपैयाँबराबरको कारोबार भएको छ। जसको अन्तिम सेयरमूल्य प्रतिकित्ता दुई हजार ८७ रुपैयाँ कायम रह्यो।