२४ कार्तिक २०८२
अ+
अ-

सियोल। दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिण-पश्चिम गुसाननजिकैको इओचोङ टापुमा चिनियाँ माछा मार्ने डुंगा पानीमा डुबेको छ।

डुंगा दुर्घटना मृत्यु भएका दुईजनाको शव बाहिर निकालिएको छ। अन्य नौजना बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले सोमबार जनाएको छ। डुंगा स्थानीय समयअनुसार बिहान ८:५३ दुर्घटनाग्रस्त भएको एजेन्सीको समाचारमा छन्।

दक्षिण कोरियाली तटरक्षकले बेपत्ताको खोज र उद्धार कार्यका लागि चारवटा गस्ती जहाज र एउटा हेलिकोप्टर घटनास्थलमा तैनाथ गरेको जनाएको छ।