काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ कार्तिक २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। मधेस प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १ सय ६८ को ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्ती र सपथ गराएकी छन् ।

संविधानको धारा १ सय ६८ को २ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १ सय ६८ को ३ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै भन्दा ठुला दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही धारा अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा रातारात नेकपा एमालेका यादव नियुक्त भएका छन् । बिरामी परेको भन्दै मधेश भवनबाट बाहिरिएकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा यादवलाई शपथ ग्रहण गराएकी हुन्। सो सापथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।

हिजो मात्र एमाले बाहेकका दलहरू नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार आह्वान गर्नका लागि प्रदेश प्रमुख कहाँ गएका थिए । प्रदेश प्रमुख भण्डारीले आफू छलफलमै रहेकाले दुई तीन दिन लाग्ने बताएकी थिइन् तर उनले रातारात यादवलाई नियुक्त गरेकी हुन् ।

पाँच दलको ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा गत असोज २९ गते नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र प्रसाद सुनार (सोनल) विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार प्रदेशसभामै राजीनामाका घोषणा गरेर राजीनामा प्रदेश प्रमुखलाई बुझाएका थिए ।

सोनलले मधेसका जनतासँग धोखा भएको भन्दै फेसबुकमा आपत्ति जनाएका हुन् । उनले स्वास्थ उपचारको नाममा निस्केकी मधेस प्रदेशका प्रदेश प्रमुख भन्डारी ले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरेको लेखेका छन् ।त्यसैगरि लोसपाका कार्यकर्ताहरुले राति भरि प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर नाराबाजी गरेका थिए ।