काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइयो।

२५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल गठन भएको छ ।

सर्वोच्च अदालत बार एसोसिएनका सचिवसमेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो । पार्टी दर्ताका लागि आज (मंगलबार) निर्वाचन आयोगमा विवरणसमेत बुझाइएको छ। युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्।

कर्णसहित पार्टीमा जोडिएका विकास ठाकुर, जस्मिन ओझा‚ विप्लवी न्यौपाने‚ एलिजा गौतम‚ गणेण चौलागाईं र कमल सुवेदीलगायत युवा पार्टीमा रहनेछन्। पार्टीमा आन्दोलनकारी जेन-जी र अनुभवी व्यक्तित्वको सहभागिता रहेको दाबी गरिएको छ।
हेर्नुहोस् थप तस्बिर :

जनादेश पार्टी नेपालको झन्डा

 

जनादेश पार्टी नेपालको चुनावचिह्न