काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

२५ कार्तिक २०८२
शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण। तस्बिर : राष्ट्रपतिको सचिवालय
अ+
अ-

काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आज (मंगलबार) आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ ग्रहण गरे।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो।

आइतबार राति प्रदेश प्रमुख सुवेदीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटेलमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने अवस्था हुँदाहुँदै पनि उनले संविधानको उल्लंघन गर्दै आफूनिकट पार्टीका नेतालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै भण्डारीमाथि चौतर्फी विरोध भएको थियो।