काठमाडौँ। नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
१४ देखि १६ नोभेम्बरसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि (बुधबार) त्यसतर्फ जाँदै छन्।
रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्नेछन्। डबल्समा रोहितले स्थानिय जोली टार्गेनसँग मिलेर खेल्नेछन्।
पुरुष/महिला सिंगल्स र भेट्रानको विभिन्न उमेरसमूहको ६ गरी आठ स्पर्धामा खेल हुनेछ। दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८० हजार रुपैयाँ छ।