काठमाडौँ। गायक प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढा-बुढी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
कुनै समयको चर्चित गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भएको अवसरमा नयाँ गीत बजारमा ल्याएका हुन्।
गीतमा शब्द र स्वर स्वयं प्रकाश पौडेलको छ। दीपराज नेयोङहाङले संगीत र सुरज श्रेष्ठले एरेन्ज गरेको गीतको भिडियो सुव्रत आचार्यले निर्देशन गरेका हुन्।
भिडियोमा साक्षी लम्साल, कमल सिंह र स्वयं प्रकाश पौडेल फिचर्ड छन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।