२६ कार्तिक २०८२
नियमित पत्रकार सम्मेलनमा चीनको राज्यपरिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता छन विनह्वा।
अ+
अ-

बेइजिङ। जापानले इतिहासको गहिरो चिन्तन गर्नुपर्ने चीनको राज्यपरिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता छन विनह्वाले सुझाएका छन्।

संसारमा एउटा मात्र चीन छ र ताइवान चीनको एक हिस्सा हो भन्दै उनले जापानी नेताले गरेको अपमानजनक टिप्पणीले एक-चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको प्रतिक्रिया दिएका हुन्।

प्रवक्ता विनह्वाले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार यस्तो बताएका हुन्। उनले चीनको आन्तरिक मामिलामा जापानले हस्तक्षेप गरेकाले त्यसप्रति असन्तुष्टि र विरोध गरेको धारणा राखे। चीनको परराष्ट्र मन्त्रालयले जापानी पक्षसमक्ष कडा विरोध गरेको पनि उनले बताए।

नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले ताइवानसम्बन्धमा जापानी प्रधानमन्त्री साने ताकाइचीको अपमानजनक टिप्पणीबारे सोधेपछि चीनको राज्यपरिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता विनह्वाले आफूहरु त्यसको विरोधमा रहेको बताएका हुन्।

उनले पत्रकार सम्मेलनमा भने‚ “जापानले आफ्नो इतिहासको गहिरो रूपमा चिन्तन गर्नुपर्छ। यसको पाठबाट सिक्नुपर्छ। एक-चीन सिद्धान्त र चीन-जापानबीचको चार राजनीतिक दस्ताबेजको भावनालाई पालना गर्नुपर्छ। ताइवान मुद्दामा आफ्नो राजनीतिक प्रतिबद्धताहरू कायम राख्नुपर्छ र ताइवानसँग सम्बन्धित मुद्दाहरूलाई अत्यन्त सावधानीपूर्वक सम्हाल्नुपर्छ।”