२७ कार्तिक २०८२
तस्बिर : रोयटर्स
अ+
अ-

काठमाडौँ। पेरुमा सडकबाट २०० मिटर तल खोलामा बस खस्दा ३७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्। बसमा ६० यात्रुले यात्रा गरिरहेका थिए।

पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा यात्रुवाहक बस बुधबार बिहान दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार मोडमा पिकअप ट्रकसँग बस ठोक्किएको थियो। त्यसपछि ओकोना नदीतर्फको खोँचमा बस खसेको थियो।

स्थानीय सञ्चारमाध्यमहरुले बस र ट्रकका दुवै चालकहरु दुर्घटनाबाट बाँच्न सफल भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

दुर्घटनाका तस्बिरहरू बाहिर आएका छन्, जसमा बस पूर्ण क्षतिग्रस्त अवस्थामा देखिएको छ।

ओकोना जिल्लाका मेयर वाल्डोर लेरेनाले रेडियो स्टेसन आरपीपीलाई बताएअनुसार ‘दुर्घटना स्थलवरपरका सडकमा धेरै खाल्डाखुल्डी छन्। यस क्षेत्रमा पहिले पनि धेरै दुर्घटनाहरू भएका थिए।