पोखरा। फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता गराउनेको भिड लागेको छ।
दर्ता गर्ने समय ३ दिन बाकी हुँदा प्रदेश निर्वाचन कार्यालय पोखरामा नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको हो। प्रदेश निर्वाचन कार्यालयकाअनुसार दैनिक ९ सय जनाले नाम दर्ता गराएका छन्।
नाम दर्ता गराउनेमा ८५% जेन-जी पुस्ताको रहेको कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।