काठमाडौँ। नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ।
खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ।
नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ।