काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
अ+
अ-

पोखरा। तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा भइरहेको छ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, यूके, श्रीलंका, ओमान, अमेरिका र नेपाल गरी आठ देशका ४५ खेलाडी सहभागी छन्। १३ भन्दा बढी देशका एक सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरे पनि गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ।

“सहभागी सोचेभन्दा कम भए पनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ। त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रशंसनीय छ,” शर्माले भने।

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ।

समुद्री सतहबाट १३६० मिटर उचाइमा रहेको आर्वा–विजय डाँडामा आयोजक डन टिल डस्कले सन् २०२० देखि संरचना बनाइरहेको छ। यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ।