२७ कार्तिक २०८२
अ+
अ-

धनुषा। मधेसका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्।

प्रदेश प्रमुख लाभले बिहीबार पदभार ग्रहण गर्दै आफू मधेसको समस्यासँग परिचित भएको बताए। उनले समन्वय र सहकार्य गर्दै सबैले मिलेर मधेस बनाउनुपर्ने धारणासमेत राखे।

लाभलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। राष्ट्रपतिबाट उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका थिए।