काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको जनाएको छ। उनलाई काठमाडौँबाहिर जाँदा अनुमति लिनुपर्ने सर्त लइगाएको आयोग सदस्य विज्ञानराज शर्माले बताए।

शर्माका अनुसार खापुङलाई जुनसुकै बेला जाँचबुझका लागि बोलाउनुपर्ने देखिएको छ। खापुङ बिहीबारबाट अवकाशमा गएका थिए।