काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ। आज नेप्से १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा रोकिएको छ। आज नेप्से ०.०४ प्रतिशतले बढेको हो।

आज ३२९ कम्पनीको ५० हजार ६२१ पटकको कारोबारमा ७६ लाख पाँच हजार ५८४ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ रुपैयाँबराबरको कारोबार भयो।

आज १३ समूहको कारोबार हुँदा सात समूहको सूचक बढ्दा ६ वटा समूहको सूचक घटे।

आज माबिलुङ इनर्जी लिमिटेड र स्वेतगंगा हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ४.८२ प्रतिशतले घट्यो।

हिमालयन पावर पार्टनर लिमिटेडको आज सबैभन्दा धेरै १६ करोड ८० लाख ४३ हजार ९९८ रुपैयाँबराबरको कारोबार भएको छ। जसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४९९ रुपैयाँ कायम रह्यो।