काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया लैजाने बहानामा ठगी गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्यूठान गौमुखी गाउँपालिका-४ का २२ वर्षीय मेघराज सुनार रहहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुनारले एक व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। सुनारलाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

यसैगरी, बेलायत पठाइदिने बहानामा साढे आठ लाख रुपैयाँ ठगी गरेको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका-५ का ३१ वर्षीय मनोहर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार काठमाडौं-१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको